+
+

मड्रिडले जित्यो एनआरएन कप फुटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १९:४३

दुई ठूला महारथी क्लवहरु रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको नजिकिँदै गर्दा स्पेनमा रहेका नेपालीहरुले पनि फुटबल प्रतियोगिताको आयोजना गरेका छन् । र, प्रतियोगिताको उपाधि मड्रिडमा बसोबास गर्ने नेपालीहरुको टोलीले जितेको छ ।

आइतबार बार्सिलोनामा सम्पन्न एनआरएन कपको उपाधि एनआरएनए क्षेत्रीय समिति मड्रिडको टिमले उचालेको हो । बार्सिलोनाको टिम गोर्खाजलाई ५-१ को फराकिलो अन्तरले हराउँदै मड्रिडले उपाधि जितेको हो ।

प्रतियोगितामा सुजुरन व्वाइज, टिम माउण्ट एभरेष्ट, तमू समाज, नेपाली जनसम्पर्क समिति र जनप्रगतिशील मञ्चले सहभागिता जनाएका थिए ।

उपाधिसँगै मड्रिडले ४०१ युरो र उपबिजेता गोर्खा व्वाइजले २५१ युरो पुरस्कार पाएको छ । मड्रिडका आकाश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।

प्रतियोगिताको बीचमा महिला र बालबालिकाको समेत छुट्टा छुट्टै टिम बनाएर मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

प्रतियोगिता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले हरेक वर्ष आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?