Comments Add Comment

सिरहामा शीतलहरका कारण जनजीवन कष्टकर, सडक सुनसान

३, पुस लहान । एक हप्ता अगाडिदेखि अत्याधिक चिसो बढेपछि सिरहा लगायत पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीबन कष्टपूर्ण भएको हो ।

शीत लहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरुमा विद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ ।

त्यसैगरी बाक्लो हुस्सु लागेपछि दैनिक काम काज गराउन आउनेहरु घटेपछि सिरहाका सरकारी कार्यलयहरु सुनसान भएका छन् ।

शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् ।

शीत लहरका कारण सिरहाका ग्रामीण स्वास्थय चौकी र जिल्ला अस्पतालमा समेत बिरामीको चाप बढ्न थालको छ । ग्रामीण स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा चिसोका कारण नबजात शिशु र बालबालिकामा कोल्ड डाईरिया तथा निमानियाँ जस्ता समस्या भएका बिरामी बढी आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ ।

एक हप्ता अघिसम्म दम , निमोनिया तथा कोल्ड डाईरियाका बिरामी १०, १२ जना आउने गरेकोमा अहिले दैनिक ५०/ ६० जनासम्म आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले बताएको छ ।

बृद्धबृद्धाहरुमा रुघा खोकी ज्वरो, दम, स्वास प्रशवास सम्बन्धि रोगका बिरामी बढेका छन् ।

यो पनि पढ्नुस् 

मध्य तराईमा शीतलहर, चिसोको कहर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment