Comments Add Comment

‘रणनीतिक टिम’सहित केपी ओली पुगे लाङटाङ भ्याली


४ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका केही शीर्ष नेतासहित मंगलवार बिहान रसुवाको लाङटाङ पुगेका छन् । चुनावबाट सबैभन्दा ठूलो दलको अध्यक्ष बनेका ओली राष्ट्रियसभा गठनको तनाव छल्दै हिमालतिर लागेका हुन् ।

ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल पनि लाङटाङतर्फ लागेका छन् ।

ओलीसँगै गएका नेताहरु पार्टीभित्र ओलीका रणनीतिकारका रुपमा चिनिन्छन् ।

मनाङ एयरको हेलिकोप्टरबाट नेताहरु सुन्दर हिमाली क्षेत्र लाङटाङ भ्याली पुगेका हुन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले   भूकम्पपीडित स्थलको निरीक्षणका लागि नेताहरू  लाङटाङ पुगेको बताए ।

यद्यपि यतिबेला भूकम्प पीडितको अनुगमन गर्ने सन्दर्भ नपरेकाले यो यात्राको राजनीतिक उदेश्य हुनसक्ने अनुमान गरिएको छ ।

त्यसो त प्रधानमन्त्री भएका बेला पनि ओली भूकम्पले तहस नहस भएको लाङटाङ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment