Comments Add Comment

दीपकको जोडी प्रियंका मात्र किन ?


चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ ५ सय भाग भन्दा बढी प्रशारण भयो । यो सिरियल प्रशारण भैरहँदा हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई धेरैले रियल लाइफको जोडीकै रुपमा माने । उनीहरुको छाप दर्शकमा यस्तो परिसकेको थियो कि, पर्दाको हिट जोडी रियल लाइफकै जोडी हो भन्ने सोच धेरै मानिसमा पर्‍यो ।

‘तितो सत्य’ बन्द भएपछि दीपक र दीपाको जोडी ठूलो पर्दामा प्रवेश गर्‍यो । चलचित्र निर्माणमा हात हालेका दीपक र दीपाले पहिलो चलचित्र ‘६ एकान ६’ बनाए । यो चलचित्रमा नायिकको रुपमा नीता ढुंगानाले काम गरिन् । तर, नीता यसपछि दीपक-दीपाको क्याम्पमा दोहोरिएकी छैनन् ।

यो जोडीले अन्य हाँस्य कलाकारहरुसँग मिलेर दोश्रो चलचित्र बनाए, ‘वडा नम्बर ६’ । यो चलचित्रबाट नायिकाको रुपमा प्रियंका कार्की यो क्याम्पमा प्रवेश गरिन् ।
यसपछि, ‘छक्का पन्जा, छक्का पन्जा २’ पनि निर्माण भैसकेको छ । लगातार, नायिका प्रियंका कार्की नै दीपक-दीपासँग जोडिएकी छिन् ।

अब यहाँ उठान गर्न लागिएको मुख्य कुरा के हो भने, प्रियंका ‘वडा नम्बर ६’ देखि दीपक-दीपासँगै छिन् । संयोग नै मान्नुपर्छ, प्रियंका सबै चलचित्रमा दीपकको जोडीको रुपमै देखिएकी छिन् ।

आफ्नो ब्यानरमा त दीपकले पि्रयंकालाई नै आफ्नो जोडी बनाएका थिए । तर, मह संचारले निर्माण गरिरहेको चलचित्र ‘सत्रु गते’मा पनि दीपक र प्रियंकाको नै जोडी देखिदैछ । यसरि हेर्दा, ४ वटा चलचित्रमा लगातार दीपकले प्रियंकालाई नै आफ्नो जोडीको रुपमा रोजेका छन् । ‘सत्रु गते’मा दीपाश्री र हरिवंश आचार्यको जोडी वाधिएको छ ।

वुझिएअनुसार, चलचित्र ‘सत्रु गते’मा दीपकले नभई निर्देशक प्रदिप भट्टराइले प्रियंकालाई दीपकको जोडी बनाएका हुन् । सुरुमा, दीपकको जोडीको रुपमा नायिका बर्षा राउतले काम गर्ने कुरा भैरहेको थियो । तर, पछि प्रदिपले नै अफर गरेर प्रियंका ‘सत्रु गते’मा भित्रिएकी हुन् ।

‘तितो सत्य’मा हिट भएको दीपक र दीपाको जोडी ठूलो पर्दामा भने दर्शकले हेर्न पाएका छैनन् । के पाँचौ पटक चलचित्र ‘छक्का पन्जा ३’मा पनि दीपक र प्रियंका नै जोडीको रुपमा देखिएलान् ? दीपक अहिले नै यो भन्न नसकिने बताउँछन् ।

तर, लगातार प्रियंकालाई नै जोडीको रुपमा राख्दा बजारमा विभिन्न खालका चर्चा सुरु भएको दीपकले पनि वुझेका छन् । यसैले, चलचित्र ‘छक्का पन्जा ३’मा प्रियंकाको स्थानमा अर्की चल्तीकी नायिका भित्रिइन् भने अनौठो नमान्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment