Comments Add Comment

वाम एकता भाँड्न शक्तिकेन्द्रहरु सक्रिय बनेः गोकर्ण विष्ट

४ पुस, बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमाले र माओबादी केन्द्रबीचको एकता भाँड्न प देशी तथा बिदेशी शक्ति केन्द्र निकै सक्रिय भइरहेको र यसमा सजग हुनुपर्ने बताएका छन् ।

एमाले गुल्मी-रूपन्देही सम्पर्क मञ्च क्षेत्र नम्बर २ ले मंगलबार बुटवलमा गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै विष्टले बामगठवन्धनले देशलाई स्थिरता र आर्थिक विकासतर्फ लैजानुपर्ने बताए ।

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विष्टले जनताले बाम गठबन्धनलाई मुलुकमा आर्थिक विकास र समृद्धि गर्ने अभिभारा दिएर पठाएको बताए ।

‘नयाँ सरकारले मुलुकमा तीब्र आर्थिक विकास गरी आर्थिक समृद्धिको दिशामा लैजानुको विकल्प छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment