Comments Add Comment

यस्ता मन्दिर जहाँ सचिनदेखि सोनियासम्मको पूजा हुन्छ

भक्ति तथा अन्धभक्तिबीच प्रष्ट अन्तर हुन्छ । र, यहीँ अन्तरको एउटा झलक यस्ता विचित्र मन्दिरमा देख्न पाइन्छ । जहाँ भगवानको हाेइन मानिसको प्रतिमाको पूजा गरिन्छ ।

भारतको बिहारस्थित अतरवालियामा एउटा यस्तो मन्दिर छ जहाँ भगवान होइन, एकजना मानिसको पूजा हुन्छ । उक्त मन्दिरमा भारतका चर्चित पूर्व क्रिकेटर सचिन तेन्दुलकरको पूजा गरिन्छ ।

सचिनलाई भारतमा क्रिकेटमा भगवान नै मानिन्छ । त्यसैले अतरवालियामा मानिसहरुले सचिनलाई साँच्चीकै भगवान बनाएर मन्दिरमा राखेका छन् ।अनि सचिनको मूर्तिमा नियमित रुपमा पूजा गर्दछन्।

सचिनको मात्र होइन, बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि भारतीयहरुले पूजा गर्दछन् । भारतको कोलकातामा अमिताभ बच्चनको मूर्तिसहित एउटा मन्दिर नै बनाइएको छ । त्यहाँ मानिसहरुले उनको पूजा गर्दछन् ।

केवल क्रिकेटर तथा हिरोको मात्र होइन, भारतमा एकजना राजनीतिज्ञको पनि पूजा गरिन्छ मन्दिरमा । भारतको तेलंगानास्थित महबूब नगरमा सोनिया गान्धीको मन्दिर बनेको छ । त्यहाँ सोनिया गान्धीको मूर्ति राखेर उनको पुजा गर्ने गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment