६ पुस, काठमाडौं । बेलायती शहर बर्मिङघमले सन् २०२२ को कमनवेल्थ खेल आयोजना गर्ने भएको छ ।
गत सेप्टेम्बर ३० भित्र आयोजनाका लागी दाबी प्रस्तुत गर्ने समयसीमामा कमनवेल्थ गेम्स फेडेरेसन (सीजीएफ)मा बर्मिङघमको मात्र दाबी परेपछि आयोजनाको अघिकार उसैलाई दिइएको हो ।
सुरुमा सीजीएफले बर्मिङघमको दाबी अपुरो रोको बताएपछि ७५० मिलियन पाउण्ड बजेट भएको यस प्रतियोगिताको अधिकार आखिरमा उसैले पाएको छ । लण्डन ओलम्पिकपछि बेलायतमा आयोजना हुने यो सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ ।
आयोजनाका लागि बिडिङ प्रक्रियामा पछिल्लो समय समस्या आइरहेको छ । सन् २०१५ मा दक्षिण अफि्रकाको डर्वान शहरमा कमनवेल्थ गेम्स आयोजना गर्न दिने निर्णय भएकोमा पछि हटाइएको थियो, किनभने त्यहाँ खेलका लागि आवश्यक मापदण्ड पुगेको थिएन ।
बर्मिङघमलाई पनि बिडिङ गर्नुअघि आवश्यक मापदण्ड पूरा गर्न सुझाइएको थियो । त्यसअघि क्यानडाको भिक्टोरिया र मलेसियाको क्वालालम्पुरले पनि आयोजनाका लागि दाबी गर्नसक्ने बताइएको थियो, तर, अन्तिम समयमा उनीहरुले दाबी गरेनन् ।
प्रतिक्रिया 4