Comments Add Comment

सुपर ग्यास उद्योगमा आगलागी घटनाको छानविन शुरु

६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१४ भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागी घटनाको छानविन शुरु भएको छ । एलपी ग्यास उद्योग संघले गठन गरेको छानविन समितिको टोलीले बिहीबार घटनास्थलमा पुगेको छ ।

छानविन समितिका सदस्यहरुसंघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जनको टोली सुपर ग्यास उद्योगमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । उनीहरुलाई छानविनका लागि ५ दिनको समय छ ।

छानविन टोलीसँगै पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रदीप यादव लगायतका स्थानीय जनप्रतिनिधिहरु पनि घटनास्थल पुगेका थिए । घटनाको विषयमा सत्य तथ्य छानविन गरी आगामी दिनमा घटना हुन नदिन अपनाउनुपर्ने उपायको बारेमा छलफल गर्ने छानबिन समितिले जनाएको छ ।

समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले ग्यास कम्पनीमा ४८ बर्ष पछि यस्तो आगलागी भएको जनाए । ‘स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा छानविन गरेका छौं, घटनाको विषयमा केहि दिनमा सत्य तथ्य बुझेर तथ्य सार्वजनिक गछौं ।’ उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले आगलागीमा निधन भएको मुख्य कारण हेलच्याक्र्याईं नै भएको बताए । आउने दिनमा यस्ता घटना पुनः नदोहोरियोस भन्नका लागि मापदण्ड विपरित वस्ती नजिक उद्योगहरु स्थापना गर्न दिन नहुने उनको भनाई छ ।

‘आगामी दिनहरुमा यस प्रकारका घट्ना नहुन दिन अपनाउनु पर्ने शतर्कताहरु प्रति सम्पूर्ण उद्योगी, मजदुर लगायतका निकायलाई गम्भीर हुनुपर्छ ।’ उनले भने ।

ग्यास उद्योगमा बुधबार आलागी हुँदा वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रमा कार्यरत दुईजना कर्मचारी मधुसुदन मिश्रा र यादव अधिकारीको निधन भएको थियो भने बारुणयन्त्रका चालक अरुण महतो, सन्जिव नेपाल र अम्बिका पटेल घाइते छन् । घाइते महतो र नेपालको काठमाडौंमा उपचार भइरहेको छ भने पटेलको वीरगञ्ज हेल्थ केयर हास्पिटलमा उपचार जारी छ ।

आगलागीमा परी चार बुलेट ग्यास र दुई वटा ग्यास ढुवानी गर्ने ट्रक जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment