+
+

ठाकुरराम क्याम्पसका विद्यार्थीमाथि छुरा प्रहार, १ को अवस्था गम्भीर

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष ७ गते १०:२४


७ पुस, वीरगञ्ज । वीरगञ्जमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान ०७ः३० बजे छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट वीरगञ्ज-१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । छुरा प्रहारबाट उनको छातीमा गम्भीर चोट लागेको छ ।

घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डक अस्पताल लगिएको छ ।

आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । यादवको बिहीबार क्याम्पसका केही विद्यार्थीसँग विवाद भएकाले त्यही समूहले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी रहेको छ । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?