Comments Add Comment

दृष्टिविहीनका लागि नागरिक बडापत्र औचित्यहीन

७ पुस, काठमाडौं । सरकारी कार्यालयहरुमा सेवाको बारेमा जानकारी दिन राखिएका वडापत्रहरु दृष्टिविहीहरुका लागि औचित्यहीन बनेका छन् ।

वडापत्रमा कार्यालयका सबै सेवाको बारेमा जानकारी दिइएको भएपनि दृष्टिविहीनहरुले पढ्न नसक्ने हुँदा वडापत्रको कुनै अर्थ नहुने सरोकारवालाको गुनाशो छ ।

भक्तपुर नेत्रहीन संघका अध्यक्ष सुरेसराज भण्डारीले दृष्टिविहीनहरुका लागि यसले कुनै काम नदिने बताए ।

नेत्रहीन संघका अध्यक्ष रमेश पोखरलले सरकारी कार्यालयमा झुण्ड्याइएका बडापत्र औपचारिकतामै सिमित भएको भन्दै आफूहरुका लागि कागलाई बेल पाक्यो हर्षन विस्मात भने जस्तै भएको बताए ।

देख्नेहरुले तोकिएअनुसार सेवा लिन सक्ने भएपनि आफूहरुले सेवा लिन नसकेको भन्दै दृष्टिविहीन गोपाल भुमीले ब्रेललीपीमा वडापत्र राख्नुपर्ने माग गरे ।

दोभाषे दीपा लामिछानेले भने दृष्टिविहीनहरु र अपाङगता भएकाहरुका लागि आवाज र सांकेतिक दुबै भषामा सूचना राख्नुपर्ने बताउँछिन । त्यसो गर्दा समस्या समाधान हुने उनको भनाइ छ ।

संविधानमै बडापत्रसमेत अपाङगतामैत्री हुनुपर्ने व्यवस्था भएपनि विभिन्न कारणले त्यसको कार्यान्वयन हुन सकेको छैन ।

उजुरी सुन्ने र समाधान गर्ने संयन्त्र नहुँदा पनि समस्या भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ अधिकारीले बताए ।

सम्झना पौडेलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment