Comments Add Comment

रिसेप्सन पार्टीको मेनुमा विराट-अनुष्काले के-के पस्किए ?

बलिउडमा अहिले दुई कुराको चर्चा छ, एक ‘टाइगर जिन्दा है’, अर्कोचाहिं दिल्लीमा आयोजित विहेको रिसेप्सन पार्टी ।

‘टाइगर जिन्दा है’ यसकारण कि, यसले दुई पूर्व प्रेमी-प्रेमिकालाई जोडिदिएको छ । दबंग ब्वाई सलमान र क्याटरिना कैफलाई । दिल्लीको बिहे पार्टी यसकारण कि, त्यो चर्चित सेलिब्रेटी जोडी विराट कोहली र अनुष्का शर्माको बिहे भोज थियो ।

मोदीसम्म पाहुना

टिम इन्डियाका कप्तान विराट र अभिनेत्री अनुष्काले दिल्लीमा आफ्नो बिहेको भोज आयोजना गरे । उक्त भोजले अत्याधिक मिडिया कभरेज पायो । कारण, त्यो आफैमा चर्चित सेलिब्रेटीको बिहे भोज थियो । साथै त्यहाँ बलिउड हस्तीदेखि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म निम्त्याइएका थिए ।

नरेन्द्र मोदी भोजमा पुगे र नव दम्पतीलाई बधाई दिए । त्यसअघि मोदीले यो जोडीलाई शुभकामना गिफ्ट दिएका थिए । मोदीले दिएको झोलामा के थियो ? भारतिय मिडियाले त्यसमा पनि निकै चियोचर्चा गरे ।

परम्परागत पहिरनमा अनुष्का-विराट

दिल्लीस्थित होटल ताज डिप्लोमेटिक इन्क्लेभको द दरबार हलमा निम्तालु सेलिब्रेटी भरिएका थिए ।  पार्टीमा अनुष्का र विराट परम्परागत भारतिय पहिरनमा ठाँटिएका थिए । त्यहाँ अनुष्काले रेड-गोल्डेन साडीमा देखिएकी थिइन । विराट कालो सेरवानीमा । पार्टीमा विराट र अनुष्काले खुब रमाइलो गरे ।

पाहुनालाई शानदार गिफ्ट

रिसेप्सनमा निम्त्याइएका पाहुनालाई खानेकुराले भरिएको एक गिफ्ट ह्याम्पर दिइएको थियो ।

यस्तो थियो मेनु

विराट-अनुष्काको वेडिङ रिसेप्सन पार्टीमा कस्तो खानेकुरा राखिएको होला ? चासो हुने नै भयो । भनिन्छ, पार्टीमा नर्थ इन्डियन परिकारमा जोड दिइएको थियो । विराट आफैमा पंजाबी, त्यही कारण उनीहरुको बिहेमा पंजाबी खानलाई प्रमुखताका साथ पस्किएको थियो ।

त्यसबाहेक भारतिय, यूरोपियन, चाइनिज फूड उनीहरुको रिसेप्सन पार्टीको मेनुमा समावेश थियो ।

त्यसो त होटल ताजमा कुल ११ भेन्यु छ । यी सबै भेन्युको मेनु अलग अलग छ । अर्थात त्यहाँ पस्किने परिकारको छुटाछुटै विशेषता हुनेगर्छ । ति परिकार एकअर्का भेन्युसँग मेल खादैन ।

विराट-अनुष्काले जहाँ रिसेप्सन पार्टी आयोजना गरे, त्यहाँ कुन कुन खाना चर्चित छ त ?

मसाला आर्ट- यहाँको खाना पूर्ण रुपले नर्थ इन्डियन हो । ओपन किचनको व्यवस्थान छ यहाँ ।

ओरिएन्ट एक्सप्रेस- यसमा यूरोपियन फूडको असली स्वाद लिन पाइन्छ ।

टि लाउन्ज- यहाँ थरीथरीका चिया पाइन्छ । विश्वभरका चर्चित चिया र कफिको स्वाद यहाँ लिन पाइन्छ ।

ब्लू बार- ब्लु बारमा विश्वभरका चर्चित मदिराका ब्रान्डहरु छन् । यो साँझ पाँच बजेदेखि राती करिब एक बजेसम्म खुला रहन्छ ।

स्पाइसी डक- यहाँ चीनको विशेष क्षेत्रको खास परिकार पाइन्छ ।

क्यापिटल किचन- क्यापिटल किचनमा परम्परागत परिकार पाइन्छ । यहाँ साउथ इन्डिया, नर्थ इन्डियाको पिज्जा, पास्ता जस्ता हरेक किसिमको खानेकुरा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment