+
+

१० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ८ गते ९:३९

८ पुस, नेपालगञ्ज । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ ।

नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् ।

जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेललगायतले व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

अभियानअन्तर्गत शुक्रबार यहाँ आयोजित खुला जनसभामा सहभागी विद्यालय र कलेजस्तरका विद्यार्थीका लागि बाल विवाहबाट उत्पन्न हुने समस्या र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी दिइएको थियो ।

सो अभियानका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा थापा र कार्कीले कुनै सहयोगी संस्थाका सहयोग नलिएर सबैको साझा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । उनीहरुका अनुसार नेपालमा हाल ३७ प्रतिशत छोरीको विवाह १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशत छोरीको विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?