Comments Add Comment

नेपाल मोडेलमा ट्राफिक सचेतना कार्यक्रम


९ पुस, काठमाडौं । वसुन्धरास्थित नेपाल मोडेल स्कुलमा लागुपदार्थ दुव्र्यसन तथा ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जको अभियानका क्रममा स्कुलले यो कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नेपाल मोडेल स्कुलको कक्षा ८ र ९ का करिब १०० विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए । कार्यक्रममा प्रहरी निरीक्षक महेन्द्र दर्नाल तथा प्रहरी सब-इन्सपेक्टर बिजय भण्डारीले सचेतना प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए ।

सचेतना कक्षामा लागुऔषधका प्रकार र त्यस कुलतले पार्ने सामाजिक प्रभावका बारेमा स्पष्ट पारिएको थियो । त्यस्तै विद्यार्थीहरूलाई ट्राफिक नियमको पालनासम्बन्धमा प्रशिक्षित गरिएको थियो ।

व्यावहारिक जीवन सफल पार्न यस किसिमका कार्यक्रमहरूको ठूलो महत्त्व रहने विचार सहभागी विद्यार्थी तथा शिक्षकहरूले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment