+
+

वाम गठबन्धनबाहेकको सरकार जनादेशविपरीत: मन्त्री पोखरेल

सरकार गठन पहिले नै पार्टी एकता हुने दाबी

रासस रासस
२०७४ पुष ११ गते ११:४५

११ पुस, विराटनगर । विनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले एमाले–माओवादी पार्टी एकतापछि मात्रै सरकार गठन हुने बताएका छन् । उनले एमाले–माओवादीबाहेकको सरकार जनादेशविपरीत हुने समेत बताए ।

पाेखरेलले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएकाले दुई दल त्यही अनुरुप अघि बढेको दाबी गरे । एमाले–माओवादी फुटाउने षडयन्त्र भइरहेको प्रसंग उल्लेख गर्दै वाम गठबन्धनबाहेकको सरकार जनादेशविपरीत हुने जिकिर गरे ।

निर्वाचन परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार निर्माणको बाटो खोल्नुपर्ने उनको भनाइ छ । ‘वाम गठबन्धनको पक्षमा चुनावी परिणाम आइसकेकाले प्रधानमन्त्रीज्यूले राजनीतिक र नैतिक दृष्टिकोणले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिए ।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?