Comments Add Comment

‘टाइगर जिन्दा है’ले तोड्यो दंगलको रेकर्ड

बलिउड कलाकार सलमा खान र कट्रिना कैफ अहिले मख्ख छन् । कारण उनीहरु जोडी बनेर अभिनय गरेको चलचित्र दर्शकले मन पराइदिए । सलमान र कट्रिनाको सम्बन्ध खराब भएको हल्लासँगै फिल्मको ब्यापार पनि कमजोर हुने हो कि भन्ने क्रास कट्रिनामा थियो । अघिल्ला केही फिल्म असफल भएकाले पनि कट्रिनाका लागि यो फिल्म विषेश थियो ।

फिल्म रिलिजको पहिलो दिनै राम्रो कमाइ गरेकाले यो फिल्मले सजिलै १०० करोड क्लबमा प्रवेश पाउने अनुमान फिल्म पण्डितहरुले गरेका थिए । फिल्म समिक्षक तरण आदर्शका अनुसार रिलिजको तेस्रो दिन टाइगर जिन्दा हैले ४५.५३ करोड रुपैया कमाइ गरेको छ । तीन दिनको कमाई हिसाब गर्दा यो आमिर खानको दंगलको तुलनामा धेरै हो । दंगलले तीन दिनमा ४१.२९ करोड कमाइ गरेको थियो ।

कलेक्सनका वारेमा ट्वीट गर्दै तरणले भनेका छन् ‘तीन दिनमा फिल्मले कुल ११४.९३ करोड ब्यापार गरेको छ । क्रिशमसको अवसर भएकाले पनि फिल्मको ब्यापार बढी भएको फिल्मकर्मीको भनाई रहेको छ ।

यो फिल्म सन २०१२ मा रिलिज भएको ‘एक था टाइगर’को सिक्वेल हो सलमान र कट्रिनाले लामो समयपछि यस फिल्ममा रोमान्स गरेका छन् । उनीहरु जोडीका रुपमा पाँच वर्षपछि देखिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment