Comments Add Comment

विराट-अनुष्काको रिसेप्सनमा को-को आउँदै छन् ?

बलिउडमा यसबर्षको सबैभन्दा भव्य बिहे मानिन्छ, अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको । केही समयअघि उनीहरुले दिल्लीमा रिसेप्सन पार्टी दिए । आज साँझ, मुम्वईमा दिदैछन् ।

मुम्वईको रिसेप्सनमा बलिउड सेलिब्रेटीहरुको जमघट हुनेछ । त्यस्तै क्रिकेटरको पनि ।

त्यहाँ टीम इन्डियाका साथै बलिउड सुपरस्टार्स र राजनेता सामेल हुनेछन् । यसमा पूर्व कप्ता न महेन्द्र सिंह धोनी लगायत बीसीसीआईका पदाधिकारीहरु पुग्नेछन् । टिम इन्डियाको जिी शेड्युल र श्रीलंका विरुद्ध चलिरहेको सिरिजको कारण टिम इन्डियाका क्रिकेटर दिल्लीको रिसेप्सनमा पुग्न पाएका थिएनन् । मुम्वइको रिसेप्सनमा भने पुरै टिम पुग्ने अपेक्षा गरिएको छ ।

यता अमिताभ बच्चनसँगै तीन खान अर्थात आमिर, सलमान र शाहरुख पनि पार्टीमा पुग्ने अनुमान गरिएको छ । पार्टीमा अर्बपति मुकेश अम्बानी र नीता अम्बानी पुग्नेछन् । दिल्लीमा भएको रिसेप्सनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका थिए । यसपटक महाराष्ट्रका मूख्यमन्त्री देवेन्द्र फंडणवीस पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment