Comments Add Comment

सरकार बनाउने गोटी बन्दैनौंः राजेन्द्र महतो

१२ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनबारे एमालेको धारणा मागेका छन् ।

विगतमा एमाले संविधान संशोधनको विपक्षमा उभिएको भन्दै उनले भने, ‘एमालेले आफ्नो धारणा प्रष्ट गर्नुपर्‍यो, संविधान संशोधन गर्नुपर्‍यो, त्ययसपछि सरकारबारे सोचौंला ।’

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महतोले सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे । उनले भने, ‘सरकार बनाउने गोटीका रुपमा मधेसवादी प्रयोग हुँदैन । आफ्नो एजेण्डा अघि सार्छौ, त्यसमा कोको सहमत हुन्छ,त्यसपछि उनीहरुको कुरामा कहाँसम्म सहमत हुनसक्छ हेरौंला ।’

उनले संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने धारणा राखे ।

राजपा नेता महतोले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता हुन सक्ने बताए । ६ पार्टी एक हुनसक्छन् भने एउटा थपिनु ठूलो नभएको भन्दै उनले भने, जुन दिन कुरा मिल्छ, त्यही दिन एकता हुन्छ ।’

उनले फोरम राजपा गठबन्धनले प्रदेश २ मा सरकार बनाउने बताए । मुख्यमन्त्री समझदारीका आधारमा तोकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment