+
+

चिनियाँ हुवाजिन सिमेन्ट र लगानी बोर्डबीच प्रारम्भिक लगानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १७:२१


१२ पुस काठमाडौं । चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको छ । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले बुधबार प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतालाई लगानी बोर्डको बोर्ड र हुवाजिनको बोर्डले पास गरेसँगै आयोजना लगानीको अन्तिम सम्झौता हुने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

खानी नपाएका कारण यसको लगानी सम्झौता हुन सकेको थिएन । १२ मंसिरमा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएसँगै आयोजना लगानी सम्झौताको प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अञ्चलमा स्थापना गर्ने भनिएको हुवाजिनको उद्योगबाट दैनिक तीन हजार टन उत्पादन हुनेछ ।

त्यस्तै यो उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जानकारी दिएको छ । ५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?