Comments Add Comment

प्रदेश २ को प्रदेशसभा बैठक स्थलः जचुकाली होइन, जिशिकाको तालिम केन्द्र

१२ पुस, जनकपुर । प्रदेश नं. २ को प्रदेशसभाको पहिलो बैठक जिल्ला शिक्षा कार्यालय, धनुषाको तालिम केन्द्रमा राख्न सरकारले गठन गरेको कार्यदलले सिफारिस गरेको छ ।

 

जनकपुर प्रदेशको राजधानी समेत हुने सम्भावना भएको क्षेत्र समेत भएको र भौतिक संरचना पनि तत्काललाई उपयुक्त भएका भन्दै कार्यदलले जिशिका धनुषाको तालिम केन्द्रलाई पहिलो बैठक स्थल बनाउन सिफारिस गरेको हो ।

यसअघि जचुकालीमा पहिलो प्रदेशसभा बैठक राख्ने भनिएको थियो । तर, जचुकालीको मर्मत सम्भारका लागि लामो समय लाग्ने भएकाले तत्कालका लागि तालिम केन्द्र नै उपयुक्त भएको निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले अनलाइनखबरलाई बताए ।

‘तालिम केन्द्रमा भवन पनि तयारी अवस्थामा रहेकाले प्रदेशसभा बैठक स्थलका लागि लागि हुने संक्रमणकालीन व्यवस्थापनका लागि अहिलेलाई यो स्थान उपयुक्त भएकाले सिफारिस गरिएको छ’, उनले भने ।

प्रदेश संसद्मा सभामुख, पुस्तकालय, मुख्यमन्त्रीको कार्यालय, दर्शक दिर्घा तथा सञ्चारकर्मीहरुको लागि समेत ठाउँको आवश्यकता पर्नै भएकाले जिशिकाको तालिम केन्द्र नै प्रदेशसभाको लागि उत्तम स्थान भएको कार्यदलको ठहर छ ।

संसद सचिवालयका एक कर्मचारीका अनुसार तत्काल तालिम केन्द्रमा सामान्य खर्चबाट नै बैठक सञ्चालन गर्न सकिने सकिने भएकाले पनि त्यस ठाउँलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरिएको हो ।

ती सदस्य भूगोल र जनसंख्यालाई नै आधारलाई मान्दा पनि तालिम केन्द्रभन्दा उत्तम विकल्प अरु नभएको बताउँछन् ।

राष्ट्र बैंकको अतिथि गृह प्रदेश प्रमुखको निवास

तत्कालको लागि प्रदेश प्रमुखको निवासको लागि सबैभन्दा उत्तम विकल्पको रुपमा नेपाल राष्ट्र बैंकको अतिथि गृह नै रहेको बताइएको छ ।

तत्काल आवश्यकता पर्ने भएकाले राष्ट्र बैंकको अतिथि गृह अहिलेलाई प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी चापागाईं बताउँछन् ।
उनले भने, ‘तत्काल यसलाई प्रयोग गर्न सकिन्छ । पछि विस्तारै संरचनाको विकास गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment