+
+

ताप्लेजुङमा बढ्यो न्यानो कपडा र सिरक डसनाको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते ६:१६


१३ पुस, ताप्लेजुङ । जाडो महिना सुरु भएसँगै ताप्लेजुङमा न्यानो कपडा र सिरक–डसनाको कारोबारमा वृद्धि भएको छ ।

जोडोमा प्रयोग गरिने सिरक डसनाको व्यापार बढ्न थालेपछि ताप्लेजुङका व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइनभ्याई भएको छ ।

व्यापारीहरुले डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेसिनमा पेलेर कपास बनाउने गरेका छन् भने सिरकको लागि नेपालमै उत्पादित कपासको प्रयोग गर्दै आएका छन् ।

केही कपास भने भारतबाट समेत आयात गर्ने गर्दछन् । एउटा सिरक बन्नका लागि ४ देखि ५ किलोसम्म कपास लाग्ने भए पनि ग्राहकको माग अनुसारको सिरक डसना बनाउने गरेको व्यापारीहरु बताउँछन् ।

व्यापारीका अनुसार, एक जोर डस्ना र सिरकको खोलसहित १ हजारदेखि ४ हजार रुपैयाँसम्म पर्ने गरेको छ । विगतको समयमा देशका विभिन्न ठाउँदेखि भारतबाट आयात गर्नुपर्ने सिरक एवं डसना अहिले व्यापारीहरुले घर–घरमै बिक्री वितरण गर्न थालेका छन् ।

सिरक एवं डसनाका लागि नेपाली कपासको माग पनि उच्च हुने गरेको कपास व्यवसायी राजमणि मिश्रको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?