+
+

हिसिला महर्जनले जितिन् लिरिल फ्रेस फेस सिजन ४ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते १०:०७


१३ पुस, काठमाडौं । ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरुको खोजी गर्ने कार्यक्रम लिरिल फ्रेस फेसको चौथो सिजनको उपाधि हिसिला महर्जनले जितेकी छन् ।

७ सयभन्दा बढी आवेदकबाट हरेक काम र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै हिसिलाले उक्त उपाधि जितेकी हुन् । उनले नगद पुरस्कार १ लाख रुपैयाँ र हिरो डुएट स्कूटर पुरस्कारस्वरुप पाएकी छन् ।

फेसन फोटोग्राफर किशोर कायस्थ, कलाकार एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार र पूर्वमिस नेपाल र प्रसिद्ध मिडिया हस्ती, माल्विका सुब्बालगायतका निर्णायकहरुले लिरिल फ्रेस फेस सिजन ४ को बिजेता छानेका हुन् ।

७ सातामा ७ एपिसोड प्रसारित गरिएको लिरिल फ्रेस फेसको हरेक एपिसोडहरु मनोरञ्जनपूर्ण र उत्तिकै रोमाञ्चक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?