+
+

बर्षा अष्ट्रेलिया उडिन्, ‘मिस्टर झोले’ प्रचारमा एक्लै दया

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते १२:३९


नायिका बर्षा राउत अष्ट्रेलिया उडेपछि नायक दयाहाङ राई चलचित्र ‘मिस्टर झोले’को प्रचारमा एक्लै कुँदिरहेका छन् । निर्देशक रामबाबु गुरुङ र निर्माता टेकेन खड्काको साथमा दया यो बर्षकै प्रतिक्षित चलचित्रको दौडमा लागिरहेका छन् ।

निर्देशक रामबाबु गुरुङले मिडिया कुराकानीमा ‘मिस्टर झोले’लाई ‘कबड्डी कबड्डी’कै सिक्वेल भन्न अस्विकार गरे । उनले, ‘मिस्टर झोले’मा ‘कबड्डी कवड्डी’को फ्लेवर भने आएको स्विकार गरेका छन् ।

नायक दयाहाङ राइल गाउँको कथा भएकाले चलचित्रलाई दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाएका छन् । उनले, एउटा राम्रो कथामा चलचित्र बनेको स्पष्ट पारे । साथमा, आफूले केहि चलचित्र पैसाका लागि गरेको स्विकार समेत दयाले गरेका छन् ।

पौष २८ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुन, वुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रले गाउँको रमाइलो कथा भन्छ । दर्शकले यो चलचित्रको ट्रेलरलाई रुचाइसकेका छन् । नायिका दीया पुन केहि दिनमै चलचित्रको प्रचारका लागि नेपाल आउनेछिन् ।

निर्माता टेकेन खड्काले चलचित्र ‘मिस्टर झोले’ न त ‘कबड्डी कबड्डी’को सिक्वेल भएको न त ‘झोले’कै सिक्वेल रहेको भन्दै एउटा सुन्दर कथामा दर्शकको मन छुने चलचित्र बनाएको स्पष्ट पारे । लामो समयदेखि दर्शकले राम्रो नेपाली चलचित्र हेर्न पाइरहेका छैनन् । ‘मिस्टर झोले’ले त्यसको फाइदा उठाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?