Comments Add Comment

पत्याउनै नसकिने थ्री डी टाटू ! पेटमा बटन, पिठ्यूँमा हात्ती

अहिले टाटू बनाउनु एक ट्रेण्ड नै बनेको छ । तर कतिपय मानिसले यसलाई अलग ढंगले बनाउँदछन् । कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ की त्यो टाटु हो वा अरु नै उपद्रो ।
थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् । घुँडा चर्किएजस्तो तथा तथा पिठ्यूँमा आँखा पलाएजस्तो टाटू बनाउने क्रम पनि बढेको छ । हेरौँ हेर्दैमा तिरिमिरी पार्ने केही थ्री डी टाटूहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment