+
+

रेसुङ्गा नगरभित्र पार्किङ गर्न नपाइने

दिउसोको समयमा लोडअनलोड गर्न रोक

अनिल खत्री अनिल खत्री
२०७४ पुष १३ गते १७:४४

१३ पुस, गुल्मी । बजार क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरको बजार क्षेत्रमा पार्किङ निषेध गरेको छ ।

बिहीबार जिल्लास्थित बिभिन्न सरोकारवाला पक्षसँगको छलफलले नगरपालिकाले बजार क्षेत्रभित्र भएको अबस्तव्यस्त ट्राफिक व्यवस्थालाई मध्यनजर राखी बजारको हुलाक कार्यालयबाट उदिनढुङ्गासम्म सवारीसाधन पार्किङ्गमा रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तै मिलनचोकबाट पुरानो बसपार्क क्षेत्रभित्र कुनै पनि मोटरसाइकल, जीप, ट्रक लगायतका सवारी साधन पाकिङ्ग गर्न नपाई निर्णय गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।

नगरको बजार क्षेत्र भित्र मोटरसाइकलको लागि बिभिन्न छुट्टै स्थानमा पाकिङ्गको व्यवस्था गर्ने भएको छ ।

नगरभित्र बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सामान अनलोड तथा लोड गर्न नपाइने निर्णय गरेको छ ।

उक्त समयमा ठूला सवारी साधनबाट लोडअनलोड गर्न पाउने छैनन् । उक्त समय बाहेक मध्यनन १२ बजे देखि २ बजे सम्ममा साना सवारी साधान जिपले लोक गर्न पाउने छन् ।

त्यस्तै जिल्लाको मुख्य प्रशासनिक क्षेत्र नजिकै रहेको सार्बजनिक शौचालय सञ्चालनमा ल्याउन भएको छ ।

नगरको चिदीचौर खेल मैदान नजिकै सड्क छेउछाउमा पानीपुरी,मम लगायत बिभिन्न सामाग्रीहरु बिक्री गर्ने तथा सड्कलाई अबरोध गर्ने गरेकाले उक्त स्थानबाट हटाउने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी ।

उनले उक्त स्थानमा रहेका फुटपात पसल मध्ये फलफुहरु र बदामलाई सरसफाई मा ख्याल राख्दै सड्कको अबरोध नगर्ने गरी बिक्री गर्न दिने निर्णय गरेको छ ।

नगरको बजार क्षेत्रभित्र सड्क छेउछाउमा सामानहरु राखेर पदैल हिडडुल गर्न समेत अबरोध भएपछि नगरपालिकाले बजार क्षेत्रमा नयाँ नियमहरु लागु गर्न बाध्य भएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

नगर प्रमुख भुसाले नगरभित्र बस्ने सबै आम जनसमुदायले सहयोग गरेर सुन्दरसफा स्वच्छ नगर बनाउने अभियान जुटन आग्रह गरे ।

जिल्लाकै सदरमुकाम रहेको नगरपालिमा अति सानो सड्क हुँदा बजार क्षेत्रभित्र दिउसोको समयमा दैनिक हिडडुल गर्न समेत कठिनाई बढदै जान थालेको छ । सदरमुकाम तम्घास भित्रिने र बाहिरिने बेला बजार क्षेत्रमा निकै भिडभाड हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?