Comments Add Comment

कांग्रेस बैठकलाई रोकेर शितल निवास पुगे देउवा

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ ।

कांग्रेस नेता डा. महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । उनले समानुपातिक सांसदको सूची पनि चाँडै तयार पारेर निर्वाचन आयोगमा पेश गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment