+
+

‘फिर्के’ प्रचारका लागि हात्ती महोत्सवमा पुगे ‘इकु र वेइमान’

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १४:३९


चलचित्र ‘फिर्के’को प्रचारका लागि यसका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकर ‘इकु’ र निर्देशक रवि डंगोल मात्र कुँदिरहेका छन् । यसैक्रममा, उनीहरुले चितवनमा सुरु भएको ‘१४ औ चितवन हात्ती महोत्सव’मा पुगेर आफ्नो चलचित्रको प्रचार गरेका छन् ।

उनीहरुले, चलचित्रको बारेमा जानकारी दिदै कमेडी प्रस्तुती पनि पस्केका थिए । निर्देशक डंगोलले ‘फिर्के’लाई कमेडी चलचित्रको संज्ञा दिएका छन् । गाउँको केटा शहर पसेपछि सुरु हुने संघर्षको कथालाई आफूले प्रस्तुत गरेको रविको भनाई छ ।

यस्तै, सुलेमानले पनि आफ्नो परिचय ‘फिर्के’ले बदल्ने बताए । चलचित्रमा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन छ । पौष २१ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?