Comments Add Comment

विवादित बन्दै डडेल्धुराका स्थानीय तह

१४ पुस, डडेल्धुरा ।  स्थानीय चुनाव सम्पन्न भएको सात महिना नपुग्दै जिल्लाका धेरै स्थानीय तह विवादित बन्दै गएका छन् ।

बजेट बाँडफाटका नाममा होस् या सामग्री खरिद अथवा स्थानीय निकायको केन्द्र राख्ने नाममा अहिले जिल्लाका प्राय स्थानीय निकाय विवादित बन्दा सर्बसाधारणले सास्ती बहोर्नु परेको छ ।

जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिका निर्वाचित जनप्रधिनिधिको खिचातानिका कारण सबैभन्दा बढी विवादमा पर्दै आएको छ ।

अमरगढी नगरपालिका संचालनका लागि प्रशासन र प्रहरीले समेत हस्तक्षेप गर्दा पनि बिगत ४० दिन देखि संचालनमा आउन सकेको छैन ।

अमरगढीका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बजेट अहिलेसम्म पास नगरी आफू खुसी काम गर्दै आएको भन्दै नेपाली कांग्रेसमा आवद्ध वडा अध्यक्ष र सदस्यहरुले विगत ४० दिनदेखि मेयर, कार्यकारी तथा लेखाको कार्यकक्षमा तालावन्दी गरी आन्दोलन गरिरहेका छन् ।

वार्ता मार्फत समस्या सामाधानका लागि पहल भएपनि अहिलेसम्म समाधान हुन सकेको छैन । जसको प्रत्यक्ष प्रभावमा स्थानीय सर्वसाधरणहरु पर्दै आएका छन् ।

उता चिसोमा वृद्धहरुका लागि खरिद गरिएको न्यानो कपडामा अनियमिता भएको भन्दै भ्रष्टचारीलाई कारबाहीको लागि माग गर्दै करिब एक साता अघि केही वडा अध्यक्षहरुले परशुराम नगरपालिकामा पत्रकार सम्मेलनको आयोजनानै गर्नु परेको थियो ।

त्यस्तै गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद हुँदा तालाबन्दीको चपेटमा परिसकेको भागेश्वर गाँउपालिकामा पनि समस्या समाधान हुनसकेको छैन ।

तालाबन्दी खुलीसके पनि केन्द्रको विषय भने अझै विवादमा नै छ ।

केन्द्रकै विषयलाई लिएर बिहीबारदेखि नवदुर्गा गाँउपालिकामा समेत चर्काचर्की सुरु भएको हुँदा गाउँपालिकामा तालाबन्दी प्रक्रिया सुरु भइसकेको छ ।

अस्थायी रुपमा संचालन भईरहेको स्थानबाट गाउँपालिकाको केन्द्र सफल्ला बामचौर भन्ने स्थानमा सार्ने तयारी भएपछि स्थानीयले संचालन भइरहेका सबै कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पारेका छन् ।

आन्तरिक र राजनैतीक कारणबाट सुरु भएका विवादका कारण तालावन्दी र आन्दोलनका कारण स्थानीय निकाय बन्द र विवादित हुन थाले पछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधरणहरु पर्न थालेका छन् ।

पाँच गाउँपालिका र दुईवटा नगरपालिका रहेको डडेल्धुरामा अहिले दुई वटै नगरपालिका र दुईवटा गाउँपालिका विवादमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment