Comments Add Comment

राजपाले छान्यो १२ प्रदेशसभा सदस्य, नेता पत्नी पनि परिन्

१४ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले १२ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ ।

अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक-एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरुको भागवण्डाका आधारमा समानुपातिक सदस्य चयन भएको एक नेताले बताए ।

अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् ।

प्रदेश २

१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३. अन्जु कुमारी
४. पुनम यादव
५. विभा ठाकुर
६. डिम्पल झा
७. रामनरेश राय
८. जानकी शरण साह
९. राम प्रवेश बैठा
१०. लैला खातुन

प्रदेश नं ५
१ अब्दुल क़ादिर शेख़

प्रदेश नं ७
१ सुनिता चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment