१५ पुस, काठमाडौं । अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथको शतकसँगै चौथो एसेज टेष्ट बराबरी भएको छ ।
पाँचौ तथा अन्तिम दिन स्मिथले अविजित १०२ रन बनाए । सिरिजमा उनको यो तेस्रो शतक हो ।
इंग्ल्याण्डलाई त्यसबेलासम्म जितको आश जतिबेला, जब डेभिड वार्नर र सन मार्स आउट भए । टिमको स्कोर १७८/४ थियो र घरेलु टोली १४ रनमा मात्र अगाडि थियो ।
तर, स्मिथले मिचेल मार्ससँग टिमको स्कोर २६३/४ पुर्याए र टेष्ट ड्र भएको घोषणा गर्नु अघि अष्ट्रेलिया ९९ रनले अगाडि थियो ।
अष्ट्रेलिया पहिलो पारीमा ३२७ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले ४९१ रन बनाएको थियो ।
घरेलु टोलीले एसेज रिसिज यसअघि नै ३-० ले आफ्नो पक्षमा पारिसकेको छ । अन्तिम टेष्ट ४ जनवरीमा सुरु हुनेछ ।
प्रतिक्रिया 4