+
+

नयाँ सरकार गठनमा प्रचण्ड ‘किङमेकर’ हुन्ः लक्ष्मणलाल कर्ण

'संविधान संशोधन र झुठा मुद्दा फिर्तामा वचनबद्धता आए सरकारमा जान्छौं'

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १५ गते १५:०८

१५ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका जेथन लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने माओवादीका नेता प्रचण्डको हातमा रहेको बताएका छन् ।

‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेस लगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ’ उनले भनेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजपा नेता कर्णले वाम गठबन्धनमा अध्यक्ष र प्रधानमन्त्री को भन्ने प्रष्ट नदेखिएको बताए ।

संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको उनले बताए । उनले भने, ‘मैले पहिला पनि भनेको छु कि हामीले राजनीति गरेको साधुसन्त बन्नका लागि होइन । राजनीतिको मुल कोर्स नै सरकार हो ।’

यद्यपि आफूहरुको प्राथमिकता सरकारभन्दा संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे । सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित रेशम चौधरीले पुष्टि गसिसकेको उनको दाबी छ ।

निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?