+
+
Shares

मेलमिलाप दिवसमा आक्रमक देउवाः आफैं हार्ने अनि मलाई हरायो भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते २०:५०

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी परीणामलाई लिएर आफ्नो आलोचना गर्नेहरुलाई कडा जवाफ दिएका छन् ।साथै उनले अब अनुशासन उल्लंघन गर्नेलार्इ कडा कारबाही गर्ने चेतावनी दिए ।

मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देवाले भने, हाम्रो पार्टी हारेको छैन ।एक्लाएक्लै पाएको भोट अरु कसैको भन्दा कम छैनौं ।’

प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ । प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुले त नेतृत्व परिर्वतनको माग गरेका छन् ।

तर, देउवाले उनीहरूको माग ठाडै अस्वीकार गरेका छन् । उनले अघि भने, एमालेले भन्दा कम मत ल्याएको छैन, पार्टीभित्र मेरो विरोध गर्नेहरुले पनि बुझुन् ।’

कांग्रेस सभापति देउवाले चुनावी हारको दोष आफूलाई नदिन आग्रह गरे । ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ उनले भने, स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगरेको फल अहिले पाएका छौं । त्यसैले अब कडा भन्दा कडा कारबाही गरिन्छ ।’

उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताए ।

साथै चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलार्इ आग्रह गरे । ‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?