+
+
Shares

रक्तदानमा छात्राको उल्लेख्य सहभागिता,११० पिन्ट रगत संकलन

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ पुष १७ गते १८:०५

१७ पुस, बुटवल । महिलाहरुले पनि रक्तदानमा उल्लेख्य सहभागिता जनाउन थालेका छन् ।

रक्तदान गरे कमजोर भइन्छ भन्ने गलत सोचलाई चिर्दै बुटवलको एम्स कलेजका विद्यार्थीहरुले रक्तदानमा दरिलो सहभागिता जनाएका हुन् ।

कलेजले रुपन्देहीमा तीन पटक लगातार धेरै रगतदान गरेको भन्दै सम्मान समेत पाइसकेको छ । यो चौथो पटकको रक्तदान कार्यक्रम हो ।

नेपाली टोपी दिवसको सन्दर्भमा सोमबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

युवा विद्यार्थीहरुलाई नेपाली टोपीको महत्व बुझाउँदै उनिहरुलाई यस प्रति उत्प्रेरित बनाउन एवं सामाजिक उत्तर दायित्व बोध गराउदै रगतको मागलाई पूरा गर्न शीरमा टोपीसँगै रक्तदान कार्यक्रम गरिएको एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले बताए ।

कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवा (छात्रा/छात्रा)हरुको संख्या ठूलो रहेको उनको भनाइ छ ।

कलेजमा भएको कार्यक्रममा १ सय १० पिन्ट रगत संकलन भएको हो ।

एम्स कलेजले एम्स एजुकेशन फाउण्डेसन,एम्स मा.वि.को समन्वय र काउन्सिल अफ एम्स स्टुडेन्टस संग आल्मुनियम अफ एम्स स्टुडेन्ट्सको समन्वयमा पाचौं राष्ट्रिय टोपि दिवसको अवसरमा शिरमा टोपी संगै रक्तदान गरेको हो ।

४५ जना महिलाले रगत दान गरे भने १ सय १० जनालाई नै प्रमाणपत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाले गरेको थियो ।

पछिल्लो समय रक्तदानमा महिलाहरुले ब्यापक सहभागिता जनाउन थालेका छन् । पुरुषको तुलनामा महिलाहरुलाइ नै बढि रगतको आबश्यकता देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?