+
+

अष्ट्रेलियाका सात शहरमा गुन्जने भए सागर, सुरज र केन्जल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १४:३६

२ जनवरी सिड्नी । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका तीन लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठ अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन् । ‘वेलकम २०१८’ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी ७ बाट सुरु भई फेब्रुअरी २ मा सकिनेछ ।

इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिएअनुसार जनवरी-७ मा पर्थ,जनवरी १४ मा ब्रिजबेन, जनवरी १९ मा सिड्नी, जनवरी २० मा क्यानभरा , जनबरी २५ मा मेलबर्न, जनवरी २७ मा तासमानिया र फेब्रुअरी २ मा डारबिनमा यो सांगीतिक यात्राको आयोजना हुने भएको छ ।

कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीतसंगीतहरू प्रस्तुत गर्ने छन् भने स्थानीय कलाकारहरूको पनि बिभिन्न प्रस्तुतिहरू समेटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?