Comments Add Comment

यी हुन् यो वर्ष बलिउडमा देखिने नयाँ जोडी

गएको वर्ष सिल्भर स्क्रिनमा केही नयाँ बलिउड जोडीको रोमान्सलाई दर्शकले हेरे र रमाइलो माने । यस वर्ष पनि केही कलाकार पर्दामा पहिलोपटक जोडीको रुपमा आउदैछन् र दर्शकलाई लठ्ठै बनाउने योजनामा छन् । हेरौं यसरी पर्दामा कसले कोसँग जोडी बाँधेको छः

निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘पद्यावती’ मा दिपिका पादुकोण र शाहिद कपुरले पहिलोपटक स्क्रिन सेयर गरेका छन् ।

त्यसो त धेरै फिल्ममा दिपिकाको जोडी बनेर अभिनय गरेका रणबीर सिंह र आलिया भट्ट ‘गली ब्वाई’ मा देखिँदैछन् । फिल्मको निर्देशक रहेका छन् जोया अख्तर ।

निर्देशक आर बाल्कीको फिल्म ‘प्याडम्यान’मा पहिलोपटक अक्षयकुमार र राधिका आप्टेले स्क्रिन शेयर गरेका छन् । राधिका बोल्ड नायिकाको रुपमा चिनिन्छिन् भने अक्षय एक्सन स्टार । यीनको रिल रोमान्सले दर्शकलाई कत्तिको सन्तुष्ट बनाउने हो हेर्न बाँकी नै छ ।

निरज पाण्डेको फिल्म ‘ऐयारी’ मा सिद्धार्थ मल्होत्रासँग रकुल प्रीत सिंहले रोमान्स गरेकी छन् । यस्तै तरन मनसुखानीको फिल्म ‘ड्राइभ’ मा सुशान्त सिंह राजपुत र ज्याकलिन फर्नाडिसले अभिनय गरेका छन् । उनीहरुले पनि पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । त्यसो त मेघना गुलजारको फिल्म ‘राजी’ मा विकी कौशल र आलिया भट्टले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment