Comments Add Comment

पूर्व राजा शाहले उत्तररामेश्वर धाममा पुजापाठ गरे

१९ पुस, धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढी उपमहानगरपालिका–४, उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा बुधबार पुजापाठ गरेका छन् ।

उनले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मुर्ती लगायतमा पुजा गरेका हुन् । पुजा पश्चात् सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शाहले भने, ‘यहाँ आएर पुजा गर्न पाएकोमा अत्यन्तै खुशी लागेको छ ।’

यसअघि शाह आउने जानकारी पाएपछि उनको स्वागतमा स्थानीय मानिसहरु सडकको दायाँ–बाया दुवैतर्फ फूलमाला लिएर स्वागत गर्न बसेका थिए । उनीहरुले शाहको पक्षमा केही समय नारावाजी समेत गरे ।

धामका अध्यक्ष श्याम तायल पूर्व राजाको आगमनले धार्मिक पर्यटनमा टेवा पुग्ने बताए । उनले आगामी दिनहरुमा भारतका धार्मिक पर्यटकहरुलाई समेत तान्ने लक्ष्य रहेको बताए ।

पूर्व राजा धनगढी आउने जानकारी पाएपछि जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो । उनी बुधबारै नेपालगञ्ज फर्कने र त्यहाँबाट बिहीबार डोटीको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment