Comments Add Comment

ताप्लेजुङका गाउँमा पुगेन सिंहदरबार, कर्मचारी खोज्दै वडाध्यक्ष सदरमुकाममा

१९ पुस, ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाका सुक्रवीर लिम्बुलाई स्थानीय तह भए पछि सबै काम फटाफट वडाबाटै हुन्छ भन्ने लागेको थियो । स्थानीय तह हुँदै गर्दा गाउँमानै सिंहदरबार पुग्छ भनेको सुनेका उनलाई अहिले स्थानीय तहले भन्दा पहिलेकै गाविस सचिवले गरेको काम पो ठीक हो कि जस्तो लाग्न थालेको छ ।

वडाबाट नागरिकताको सिफारीस लिएर सदरमुकाम स्थित प्रशासन पुग्यो कहिले वडाध्यक्षको सहि त कहिले छाप लगाउन छुट्दा पुनः गाउँ पुग्नुपर्ने बाध्यताले लिम्बु दुखित भएका रहेछन् ।

फुङ्लिङ नगरपालिका फावाखोलाका स्थानिय गहतराज इजम गत वर्षायाममा घर नजिकै पहिरो जाँदा नगरपालिका कार्यालयमा तारजालीको व्यवस्था गरीदिन आग्रह गर्दै आइपुगे, मेयरले जिल्ला प्रशासन कार्यालयमा तारजालीको व्यवस्था गरीदिन भन्दै ईजमलाई पठाए, प्रशासनले त्यो काम भु-संरक्षण कार्यालयको भन्दै उतै पठायो ।

उल्लिखित उदाहरण मात्रै हुन् । स्थानीय तहका जनप्रतिनिधिले आˆनो र स्थानीय तहको काम कर्तव्य र अधिकार नबुभ\mदा ताप्लेजुङका जनताले एताबाट-उता र उताबाट एता दौडनुपर्ने सास्ती अझै पाइरहेका छन् ।

नागरिकता लगायत विभिन्न सिफारीस गर्नुपर्ने वडाका अधिकांश वाडाध्यक्ष स्थानीय तहको काम, कर्तव्य र अधिकारका विषयमा जानकार नहुँदा अझै पनि अलमलमा रहेका छन् भने, जनप्रतिनिधि चुन्ने नागरिक स्थानीय तह भए अनुसारको सुविधा नपाउँदा निरास बन्न थालेका छन् ।

वडामा कर्मचारी अपुग 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ का वडाध्यक्ष सन्तोस चाम्लिङ बुधबार सदरमुकाम स्थित जिल्ला जनस्वास्थ्य कार्यालयतर्फ जाँदै थिए । उनको वडामा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै नभएपछि कर्मचारी पठाइदिन आग्रह गर्न जनस्वास्थ्य कार्यालय दौडिएका चाम्लिङ्लाई स्वास्थ्यकर्मीसँगै वडा सचिव पनि नहुँदा वडामा काम गर्न मुस्किल छ ।

स्वास्थ्यचौकी सहयोगी रत्न योगीको भरमा चलेको महिनौ भएपछि आफूले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाई छ ।

पहिले वडामा काम गर्दै गरेका सचिव सञ्जव लंवालाई गाउँपालिकाले केन्द्रमा तानेपछि एक महिनादेखि वडामा काम गर्ने सचिव पनि छैनन् ।

स्वास्थ्यचौकीमा एचए, अहेव र अनमीको दरबन्दी भए पनि फिल्डमा कोही छैनन्, सबैतिर डामाडोल छ कर्मचारी नहुँदा काम गर्नै सकिएन, वाडाध्यक्ष चाम्लिङ गुनासो गर्छन् ।

उनीमात्र होइन एक नगरपालिकासहित आठ गाउँपालिकाका सबै स्थानमा कर्मचारी नहुँदा काम गर्न समस्या भएको फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोख्रेलको भनाई छ ।

‘वडाको भवन छैन, कर्मचारी छैनन्, बजेट र अधिकार आए पनि कर्मचारी अभावमा काम कछुवा गतिमा अघि बढेको छ ।’ पोख्रेल अनुभव सुनाउँछन् ।

फुङ्लिङ नगरपालिकाले तीन वटा बाहेक सबै वडालाई सरकारी र आˆनै भवनको व्यवस्था मिलाएर कार्यालय सञ्चालन गराए पनि ११ मध्ये ८ वटामा मात्रै वडा सचिवको व्यवस्था गरी काम गराउन सकेको पोख्रेलको भनाई छ । अन्यमा एकै जनाले दुई/तीन वटासम्म हेर्नुपर्ने बाध्यता छ ।

‘अधिकार र बजेटले मत्रै नहुँदो रहेछ, कर्मचारी नहुँदा नागरिकलाई सेवा दिएको महशुस दिलाउन अझै सकेका छैनौं ।’, प्रमुख प्रसासकीय अधिकृत पोख्रेलले भने । सबै तहमा कर्मचारी पूर्ति भएर जनताले सहज सेवा प्राप्त नगर्दा सम्म जनताले संघीय शासनको अनुभूति गर्न नसक्ने उनको भनाई छ ।

स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन तीन महिनाअघि नै सामान्य प्रशासन मन्त्रालयसँग देशभर १६ हजार कर्मचारी माग गरिएको थियो तर सामान्यले त्यस अनुसार कर्मचारी पठाउन नसक्दा ताप्लेजुङमा पनि यस्तो अबस्था सृजना भएको उनको दाबी छ ।

नगरपालिकामा कर्मचारी व्यवस्थापन चुनौति

सदरमुकाम फुङ्लिङको मुख्य चोकमा नै राखिएको फुङ्लिङ नगरपालिकाको कार्यालय एउटा भवनमा मात्रै सीमित छैन । एउटा भवनको दोस्रो तला भाडामा लिएर मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित केहि कर्मचारी राखिएको छ ।, केहि कर्मचारी नजिकै रहेको वडा नंवर ५ को कार्यालयमा र केहि विषयगत शाखाका कर्मचारी अर्को भवनमा छरिएर बसेका छन् ।

आˆनै भवन निर्माणाधीन अबस्थामा रहेको र निर्माण सम्पन्न नभएकाले छरिएर बस्नुपर्ने बाध्यता रहेको प्रशासकीय अधिकृत पोख्रेल बताउँछन् ।

जिल्लामा रहेका विषयगत कार्यालय कृषि, पशु, महिला तथा बालवालिका, भू-संरक्षण, शिक्षा, आयुर्वेद लगायतका कार्यालयको काम पनि नगरपालिकामा रहेका विषयगत शाखाबाट नै गर्नुपर्ने हुँदा शाखाको लागि कार्यालय व्यवस्थापनमा समस्या भएको पोख्रेलको भनाई छ ।

हाल महिला तथा बालवालिका कार्यालय बाहेक सबै कार्यालयले नगरपालिकालाई कर्मचारी उपलब्ध गराए पनि उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment