Comments Add Comment

गोल्डस्टार जुत्ता फुटवेयर एन्ड लेदर गुड्स एक्स्पोको उत्कृष्ट ब्रान्ड

१९ पुस, काठमाडौं । गत विहीवारदेखि मंगलवारसम्म राजधानीको भृकुटीमण्डपमा आयोजित १४औँ फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४ मा गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्राण्डको पुरस्कार जितेको छ ।

किरण सुज म्यानुˆयाक्चरर्सद्धारा उत्पादित गोल्डस्टारले ‘बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट’ को उपाधि जितेको हो ।

करीव एक सातासम्म आयोजना गरिएको यो कार्यक्रममा सबैभन्दा बढी विक्री भई गोल्डस्टारले उक्त उपाधि जित्न सफल भएको हो ।

किरण सुज म्यानुˆयाक्चरर्सका बजार व्यवस्थापक तथा प्रदर्शनीमा गोल्डस्टार जुत्ताको प्रतिनिधित्व गरेका इरज श्रेष्ठले गोल्डस्टार जुत्ताको माग र आकर्षण नेपाली प्रयोगकर्ताहरूमा उच्च रहेको दावी गरे । ‘नेपालीहरूको यो माया र विश्वासले नै हामी सबैभन्दा रुचाइएको जुत्ता भएका छौँ र यो प्रदर्शनीमा पनि उत्कृष्ट ठहरिएका छौं,’ उनले भने ।

एक्स्पोको अन्तिम दिन भृकुटीमण्डप पुगेका हेटौंडाका ग्राहक उद्धवप्रसाद मैनालीले भने, ‘यहाँ भएका स्टलहरूमा मलाई गोल्डस्टारकै स्टल सबैभन्दा राम्रो लाग्यो । अर्को वर्ष पनि आउँछु,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment