Comments Add Comment

‘राज्जा रानी’को प्रिमियरमा लालबाबु घेरिएपछि

उसो त लालबाबु पण्डित रौसे नेता होइनन् । उनको मुद्रा अक्सर गंभिर र चिन्तनसिल हुन्छ । तर, यसपाली भने उनी रंगीन माहोलमा मिसिन पुगे । हिरो-हिरोइनसँग कुम जोडेर बसे । फिल्म हेरे ।

प्रसंग थियो, फिल्म ‘राज्जा रानी’को प्रिमियर शोको । मधेशको कथा र धरातलमाथि बनेको फिल्म भएर होला, उनले चासोपूर्वक हेरे । र, प्रतिक्रिया दिए, ‘तराईमा प्रचलित दाइजो प्रथामा बनेको फिल्म सन्देशमुलक छ ।’

भोलि सुक्रबारदेखि हलमा चढ्ने फिल्ममा केकी अधिकारी र नाजिर हुसेनले अभिनय गरेका छन् । केकी र नाजिर दुबै अभिनयमा अब्बल मानिन्छन् । यद्यपी यसअघि उनको एकाध फिल्म मात्र चलेका छन् । सुरज भुसाल निर्देशित ‘गाँठो’को असफलतासँगै उनी लाइमलाइट बाहिर थिए । केकीले भने फिल्म ‘ऐश्वर्य’मार्फत पनि तारिफ बटुलिसकेकी छिन् । उनको अभिनयमा खोट छैन । यद्यपी सम्झनलायक फिल्म पनि दिन सकेकी छैनन् । केकी र नजिर दुबैको लागि यो फिल्म एक किसिमको परीक्षा पनि सावित हुनेछ ।

फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । कमेडी जनरामा बनेको फिल्मले क्षेत्रिय भाषालाई पनि महत्व दिएको छ । खासगरी नेपालगञ्जको भाषालाई फिल्ममा मिसाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment