+
+

वीरगञ्जबाट ‘हेभी’ उपकरणको आयात बढ्यो

पाँच महिनामा सवा सात अर्बको पैठारी

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष २१ गते १२:५३

२१ पुस, वीरगञ्ज । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो पाँच महिनामा दुई सय ३२ थान बुल्डोजर आयात भएका छन् । ती सबै वीरगञ्ज नाकाबाटै भित्रिएका हुन् ।

यस्तै, ग्रेडर, लेभलर र रोलरहरु एक सय ८२ थान आयात भएका छन् । लोडर र स्काभेटर ११ सय २८ थान आएको वीरगञ्ज भन्सारले जनाएको छ ।

बुल्डोजर आएवापत ५८ लाख ७० हजार, ग्रेडर, लेभलर र रोलरवापत दुई करोड ४४ हजार तथा लोडर र स्काभेटरवापत २६ करोड २८ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

आव ०७३/७४ को सोही अवधीको तुलनामा यस वर्ष आयात बढेको भन्सारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । ‘ठूला आयोजनाहरुको निर्माण अगाडि बढेका कारण हेभी उपकरणको आयात राम्रो देखिएको हो,’ उनले भने ।

गत वर्षको पहिलो पाँच महिनामा बुल्डोजर दुई सय ७८, ग्रेडर, लेभलर र रोलर एक सय ३६ थान तथा लोडर र स्काभेटर सात सय २८ थान आयात भएका थिए । त्यसवापत २० करोड ३९ लाख लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

भारत र तेस्रो मुलुकबाट आयात हुन्छन्, हेभी उपकरण ।

भन्सारका अनुसार पाँच महिनामा भित्रिएका बुल्डोजरको खरिद मूल्य १४ करोड ५१ लाख ८० हजार, ग्रेडर, लेभलर र रोलरको मूल्य ५१ करोड ४४ लाख ७६ हजार तथा लोडर र स्काभेटरको मूल्य ६ अर्ब ७२ करोड नौ लाख रुपैयाँ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?