२४ पुस, काठमाडौं । सिड्नी टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डमाथि एक इनिङ र १२३ रनको जित हात पारेको छ । यससँगै घरेलु टोलीले सिरिज ४–० ले जितेको छ ।
४ विकेटको क्षतिमा बनाएको ९३ रनबाट अन्तिम दिनको खेल थालेको इंग्ल्याण्ड १८०मा अलआउट भयो ।
इंग्ल्याण्डका कप्तान जोरु रुट डिहाइड्रेसनका कारण बिहानै अस्पताल जानु परेको थियो । दिउँसो क्रिजमा आएका उनले लञ्जपछि खेल्न सकेनन् र ५८ रनमा रिटायर्ड भए ।
उनको अनुपस्थितिमा भ्रमणनकारी टोलीले १२ रन जोड्दा ३ विकेट गुमायो । अष्ट्रेलियाका पेश वलर पेट कोमिनले दोस्रो पारीमा ३९ रन दिएर ४ विकेट लिए ।
अन्तिम ब्याट्सम्यानका रुपमा जेम्स एण्डरसन आउट भए ।
इंग्ल्याण्ड पहिलो पारीमा ३४६ रनमा आउट भएको थियो । अष्ट्रेलियाले उस्मान ख्वाजा, सन मार्स र मिचेल मार्सको शतकको मदतमा ६४९ रन बनाएको थियो ।
प्रतिक्रिया 4