Comments Add Comment

बार्सिलोना गएपछि काउटिन्होले भने–मेरो सपना पुरा भयो


२४ पुस, काठमाडौं । लिभरपुलबाट बार्सिलोना गएका मिडफिल्डर फिलिप काउटिन्होले आफ्नो सपना पुरा भएको बताएका छन् ।

२५ वर्षीय ब्राजिलियन मिडफिल्डर काउटिन्हो १४२ मिलियन पाउण्डमा नाउ क्याम्प गएका हुन् । र, उनको अफिसियल प्रिजेन्टेसन सोमबार छ ।

तर, बार्सिलोनाले लेभान्टेलाई ३–० ले हराएपछि उनले फोटो सेसनमा भाग लिएका थिए ।

‘हलो बार्सा फ्यान, य यहाँ आइसकेको छु र मेरो सपना पुरा भएको छ’ उनले ट्वीट गरेका छन् ।

बार्सा टीभीलाई दिएको अन्तर्वार्तामा काउटिन्होले मेस्सी र स्वरेजसँगै टिममा खेल्न आफू उत्साहित रहेको बताए । उनले भने, म मेस्सी, स्वरेज, इनिस्टा, पिके, बुस्केट जस्ता आइडल फुटबलरसँग जीवन विताउन गइरहेको छु ।’

काउटिन्होले बार्सिलोनासँग साढे ५ वर्षको सम्झौता गरेका छन् । तर, यो सिजन भने उनले च्याम्पियन्स लिग खेल्ने छैनन्, ला लिगा र कोपा डेल रे मात्र खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment