Comments Add Comment

रङको कस्तो शौख, सबै बनाए रातो र सेतो


भारतको बैंगलोरका एक मानिसलाई रातो र सेतो रङको यस्तो शौख छ कि उनले आफ्नो घर, घरका भित्ता, पर्दा, काँटा चम्चादेखि कारसम्मलाई रातो र सेतो रङले रंगाएका छन् ।

रियल स्टेट एजेन्ट सवनराजको सेतो र रातो रंगप्रतिको क्रेजलाई धेरैले पागलपनाको संज्ञा नदिएका होइनन् । उनको घरमा रहेका सबै सवारी साधन, चाहे दुईपांग्रे होउन् वा चारपांग्रे सबै सेतो र रातो रंगका छन् । यतिमात्र होइन उनका परिवारका सबै सदस्यले सेतो र रातो रंग मिश्रित कपडा मात्रै लगाउँछन् ।

घरको इन्टेरियर पनि रातो र सेतो रंगले मात्र सजिएको छ । सोफा हुन् वा भित्ता वा पर्दा सबैमा यी दुईवटा रंगको कम्बिनेसन देख्न सकिन्छ । उनको यो विचित्र शौखबाट केवल टेलिभिजन मात्र बँचेको छ । अन्य फोन, घडी, औँठी, ब्रासलेट, चेन, हेडफोन सबै नै रातो र सेतो रंगका मात्र छन् । त्यस्तै टुथपेस्ट, टुथब्रस तथा ट्वाइलेट एसेसरिज पनि रातो–सेतो रंगकै छन् ।

घरमात्र कहाँ हो र उनको अफिसको हाल पनि उस्तै छ । अफिसमा पनि सेतो र रातो रंगको मात्र साजसज्जा छ ।

रोटी, दाल र सब्जीको रंग त बदल्न सकिँदैन तर डाइनिङ टेबुल भने रातो र सेतो रंगकै छ । भान्साकोठा र भान्साका सबै सामानको रङ पनि उस्तै छ ।

सेतो र रातो रंगको यो शौखका कारण सवनराज बैंगलोरमा एक सेलिब्रेटीको रुपमा चर्चित बनिसकेका छन् । उनको परिवार रेड एण्ड ह्वाइट फेमिलीको नामले परिचित बनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment