Comments Add Comment

‘गोल्डेन ग्लोब अवार्ड’मा यौन र स्क्यान्डलका कुरा


७५ औ ‘गोल्डेन ग्लोब अवार्ड’ समारोहमा फिल्म तथा टीभीमा काम गर्ने कलाकारलाई सर्वश्रेष्ठ अभिनयका लागि सम्मान गरिएको छ । हलिउडमा भएको यौन उत्पीडन र स्क्याण्डलले यो अवार्डमा निकै धेरै चर्चा पायो ।

हलिउडमा यौन उत्पीडन स्क्याण्डलपछिको यो पहिलो र ठूलो अवार्ड हो । पीडितको सम्मानमा कलाकारहरु कालो पोशाकमा समारोहमा उपस्थित भएका थिए ।
समारोहको सुरुवातमै कार्यक्रम सञ्चालक सेथ मेयर्सले फिल्म एवं टीभी हस्तिहरुलाई सम्बोधन गर्दै भने-‘महिल एवं पुरुष सज्जनवृन्दलाई म स्वागत गर्न चाहन्छु । यो २०१८ साल हो । यहाँ यौन उत्पीडनका लागि कुनै ठाउँ छैन ।’

सोसियल बी डेलिम अवार्ड पाएपछि ओपरा विनफ्रेन्डले भने-‘नयाँ दिनको सुरुवात हुँदै छ । जहाँ कसैले अर्को पटक मलाई अन्याय भयो भन्ने स्थिती आउने छैन ।’
समारोहमा हलिउडको ताजा माहोललाई फोकस गरिएको थियो । ‘मी टु र टाइम्स अप’ अभियानको धेरैले समर्थन गरेका थिए । जो केवल मनोरञ्जन जगतमा मात्र केन्दि्रत थिएन पुरै दुनियाँमा महिलाका लागि केन्दि्रत थियो ।

अमेरिकी ड्रामा सिरिज बिग लिटिल लाइज का लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड पाएकी लारा डर्नले पनि जोडदार आवाजमा भनिन्-‘हामी हाम्रा बच्चाहरुलाई यो सिकाऔं कि सत्यताको सामुन्ने कहिल्य पनि नझुक । उत्तरी ध्रुव जस्तै अडिग रहुँ ।’

वेस्ट फिल्म ड्रामा अवार्डको उपाघि ‘थ्री बिलबोर्डस आउटसाइड एब्बिंग, मिसौरी’ ले पायो । उक्त चलचित्रले चारवटा अवार्ड पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment