Comments Add Comment

समिरको ‘कपाल ठाडो’ सार्वजनिक

माघे सङ्क्रान्तिको अवसर पारेर अष्ट्रेलियाबाट गायक समीर आचार्यको स्वरमा रहेको थारु गीत ‘कपाल ठाडो’ बोलको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियाबाटै नेपाली गीत-संगीतमा सशक्त रुपमा लागी परेका समीरले यो पटक ख्यातीप्राप्त डान्स ग्रुप भीमफेदी गाइजसँग सहकार्य गरेर भिडियो तयार गरेका छन् ।
यो गीतमा आशिष अविरलको संगीत छ भने एक नारायण भण्डारीको शब्द रचना रहेको छ । नवलपरासीका थारु गाउँहरुमा यो गीतको भिडियो खिचिएको हो । अष्ट्रेलियाबाटै ‘दुनियाँ बेग्लै छ तम्लार्इ चट्ट सलाम छ’ बोलको देउडा गीत गाएका समीरले यसपटक थारु गीतसहित आफूलाई नयाँ दर्शक श्रोताको माझमा उभ्याएका छन् ।
निर्मल लामा निर्देशित भिडियोमा मोडल सिर्जना कार्की र भीमफेदी गाइजका कलाकारहरु प्रस्तुत छन् । ओम प्रसाईले ड्रोन चलाएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने पवन थापाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment