Comments Add Comment

एक दिवसीय नेत्रहीन क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

२५ पुस, काठमाडौं । पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको जिन्नाह स्टेडियमा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ ।

त्यस्तै पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तै महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे ।

नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो । नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै पदक बडैलाले ५०, बद्री चौलागाइले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए ।

नेपालले आफनो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment