Comments Add Comment

बैंक अफ काठमाण्डुको निजगढमा शाखा


२६ पुस, काठमाडौं । बैंक अफ काठमाण्डूले निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

मंगलवार बैंकका संचालक सौरभ के.सी., निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रवि कुमार बर्ताैलाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले रु.६९ अर्ब १५ करोड कुल निक्षेप परिचालन गरी रु. ६२ अर्ब ३३ करोड कुल कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment