+
+

सुवर्णपुरवासीको निर्णय- ठोरीलाई प्रदेश ३ मा जान दिँदैनौं

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष २६ गते १६:५९

२६ पुस, वीरगञ्ज । पर्साको सुवर्णपुरबासीले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा जान नदिने निर्णय गरेका छन् । सुवर्णपुर स्थित ठोरी गाउँपालिकाको कार्यालयमा बसेको सर्वदलीय बैठकले ठोरीलाई प्रदेश नम्बर ३ मा जान नदिने निर्णय गरेको हो ।

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाखि्रनले सर्वदलीय बैठकमा ठोरीलाई प्रदेश नम्बर ३ मा लैजाने निर्णय अमान्य हुने बताए ।

‘ठोरी गाउँपालिकालाई प्रदेश नम्बर ३ मा लैजाने माग भइरहेको छ । सरकारले त्यस्तो निर्णय गरे हामी मान्दैनौं, सूवर्णपुरवासी सशक्त आन्दोलनमा उत्रन्छौं ।’ उनले भने ।

बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा जाने निर्णय गरे गाउँपालिकाको वडा न ५ सुवर्णपुरलाई जीराभवानी गाउँपालिकामा समाबेश गरिनुपर्ने निर्णय गरेको छ ।

‘बरु हामी जिराभवानी गाउँपालिकामा जान तयार छौं, तर चितवनमा कुनैपनि हालतमा जान्नौं ।’ बैठकमा सहभागी कांग्रेसका नेता जरी लामाले भने ।

बैठकमा कांग्रेसका स्थानीय नेता भीम बहादुर पाखि्रन, शम्भुराम पौडेल नेकपा एमालेका यम बहादुर बस्नेत, सुन लामा, माओबादी केन्ऽका मिनबहादुर स्याम्बो, अष्टबहादुर लोप्चन, लेखमान थापालगायत सहभागी थिए ।

ठोरी गाउँपालिकाको पहिलो बैठकले नै स्थानीयको माग अनुसार ठोरीलाई प्रदेश नं ३ मा गाभ्नुपर्ने निर्णय गरेपछि त्यो विषय विवादित बनेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?