Comments Add Comment

महिला फुटबलः सुपरलिगको अन्तिम खेलमा एपीएफ र पुलिस भिड्दै (लाईभ)

२७ पुस, काठमाडौं । राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबलको उपाधि नजिक रहेको सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिससँग निणर्ायक खेल खेलिरहेको छ ।

सुपरलिगको अन्तिम खेल अन्तर्गत सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफ र पुलिस प्रतिस्पर्धामा छन् । आजको खेलमा बराबरीको नतिजाले मात्रै पनि एपीएफले उपाधि जित्नेछ ।

सुपरलिगको यसअघिको दुवै खेल जितेको एपीएफको ६ अंक छ भने आजै यसअघि भएको खेलमा सुदूरपश्चिमको टोलीलाई हराउँदै त्रिभुवन आर्मीले पनि ६ अंक पुर्‍याएको छ । आर्मीले सुदूरपश्चिमलाई ७-० गोलले हराएको हो ।

सुपरलिगमा लगातार तीन हारसँगै सुदूरपश्चिम बाहिरिएको छ भने आजको खेलमा एपीएफलाई ठूलो गोल अन्तरले हराएका नेपाल पुलिसको पनि सम्भावना जीवितै छ । पुलिसको ३ अंक छ ।

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद पुरस्कार पाउनेछन् ।

सातदोवाटोमा भइरहेको खेलको प्रत्यक्ष प्रशारण हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment