+
+
Shares

लगानी सम्मेलन : १३ परियोजनामा आयो लगानीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १६:११

१६ चैत, काठमाडौं । लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् ।काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो ।

सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उर्जा, उद्योग, पर्यटन, उत्पादन क्षेत्रका विभिन्न १३ परियोजनामा लगानीको प्रस्ताव आएको छ ।

‘कुन–कुन परियोजनामा कसले प्रस्ताव गरे भनेर हामी विस्तृत विवरण बाहिर ल्याउने नै छौं, त्यसका लागि केही समय लाग्छ’, उनले भने ।

सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्ताव गरेको छ । यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रका छन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी गरिँदैछ ।

सम्मेलन अन्तर्गत शनिबार साँझ ५ बजेपछि प्रस्ताव गरिएका आयोजनामा लगानीकर्ताले ‘आयोजना बुकिङ’ र लगानीको प्रतिबद्धता घोषणा गर्नेछन् ।

सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?