Comments Add Comment

विज्ञान प्रदर्शनीमा राेबाेटदेखि ड्राेनसम्म, कनकार्इ माविले जित्याे प्रतिष्पर्धा

दमकका केल्भिन संग्राैलाले बनाएकाे ड्राेन ।

२८ पुस, झापा । झापाकाे दमकस्थित हिमालय माध्यमिक विद्यालयमा सम्पन्न दुई दिवसीय विज्ञान तथा वातावरण प्रदर्शनीमा भएकाे विभिन्न अाविष्कारहरूकाे प्रतिष्पर्धामा कनकार्इ नगरपालिकाकाे कनकार्इ मावि प्रथम भएकाे छ ।

कनकार्इका विद्यार्थीहरूले खेर जाने पानीलार्इ पुनः उपयाेग गर्न मिल्ने उपकरण बनाएकाे शिक्षक राजेन्द्र खनालले बताए ।प्रतियाेगितामा दमकको सूर्याेदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए ।

प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।

बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ ।

प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए ।

“दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्”, प्रअ झाले भने । प्रदर्शनी सहितको प्रतियोगिताले बिद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए ।

प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।

झापाको दमक–८ का १३ वर्षीय केल्भीन संग्रौलाले आकाशमा उड्ने ड्रोन निर्माण गरेर प्रदर्शन गरेका छन् ।

हेर्नुस् उनले बनाएकाे ड्राेनकाे भिडियाे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment